images

भूकम्पमा घाइते भएकाको सबै उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । सरकारले भूकम्पमा परी घाइते भएकाहरुको सबै उपचार निःशुल्क गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो । सरकारले निजी अस्पतालसँग समन्वय गरेर निजीमा पनि निःशुल्क उपचार गराउने प्रयास गर्ने जनाएको छ ।

भूकम्प पीडितहरुको उद्धारको काम सकिएको र अब घाइतेको उपचार, राहत र पुनर्स्थापनाको कामलाई सरकारले तीव्रता दिने निर्णय गरेको छ ।

खाद्यान्न, त्रिपाल र टेन्टहरु केही प्रभावित क्षेत्रमा पुगिसकेको र केही पुग्ने क्रममा रहेका छन् ।

२०७२ सालको भूकम्पको बेला काम गर्ने क्रममा भएका कमजोरीहरु सुधार्दै यसपटक चुस्त काम गर्ने सरकारको योजना छ ।

जाजरकोट भूकम्पमा परी १५७ जनाले ज्यान गुमाएका छन् भने सयौ घाइते भएका छन् ।