images

नेपाली कांग्रेसबाट भूकम्प प्रभावित क्षेत्रमा खटाइए गगन र विश्वप्रकाश

काठमाडौं । नेपाली कांग्रेसले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई भूकम्प प्रभावित क्षेत्रमा खटाएको छ ।

बुधबार विहान भूकम्प प्रभावित क्षेत्रतर्फ गएका दुई महामन्त्रीले कमजोरीको वास्तविकता पहिचान गरि अविलम्ब उचित व्यवस्थापनमा ध्यान दिन ध्यानाकर्षण र सहजीकरण गर्ने कांग्रेसले बताएको छ ।

‘७ बुँदे कार्य’ मा केन्द्रीत रहने दुई महामन्त्रीले ‘एकद्वार प्रणाली’ अनुसार तिन तहका सरकार र संघ संस्थाको नभएको भए पालना गर्न/गराउन थप सुझाव र सहजीकरण गर्ने कांग्रेसले जनाएको छ । उद्धार र राहत क्रममा कांग्रेसको स्थानीय भूमिकाको प्रभावकारिता, कमजोरी दुई महामन्त्रीले जानकारी लिनेछन् ।

महामन्त्रीद्वयले प्रभावित क्षेत्रबाट आवश्यकता अनुरुप संघमा सोझै प्रधानमन्त्रीलाई तथा प्रदेशमा मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराई सहजीकरण र समाधान खोज्न बल पुर्‍याउने कांग्रेसले जानकारी गराएको छ ।

महामन्त्रीद्वयको नेतृत्वमा गठन कांग्रेसले उद्धार, राहत र पुनर्स्थापनाको ‘केन्द्रीय अनुगमन तथा व्यवस्थापन सहजीकरण समिति’ पनि गठन गरेको छ ।

सरकारको राहत कोषमा पार्टीका तर्फबाट ५० लाख रुपैयाँ सहयोग गरेको कांग्रेसले सांसदको आधा महिनाको पारिश्रमिक पनि राहत कोषमा जम्मा गर्न घोषणा गरिसकेको छ ।