images

जुवातास खेलीरहेको अवस्थामा ७ जना महिला र ३ जना पुरुष पक्राउ

काठमाडौँ । ललितपुर महानगरपालिका–१४ नक्खिपोटस्थित युनसान रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ७ महिला र ३ पुरुष रहेका छन् ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार उनीहरुबाट रु एक लाख तीन हजार चार सय २० पनि बरामद गरिएको छ ।

यसैगरी, कालीकोट, खाँडाचक्र नगरपालिका–३ ताडी बजार बस्ने ३९ वर्षीय जगप्रसाद पाण्डेको घरमा जुवातास खेलिरहेको अवस्थामा पाण्डेसमेत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुबाट रु ३४ हजार एक सय ४० बरामद गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ । रासस
– रासस