
जनकपुरधाम । धनुषामा रेलले किचेर एक जनाको मृत्यु भएको छ ।
जनकपुर-जयनगर रेलमार्गमा धनुषाको विदेह नगरपालिकास्थित बैदेही स्टेसन नजिक अन्दाजी ५० वर्षीय पुरुषको लिकमै किचिएर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
रेल आज बिहान जनकपुरबाट जयनगरतर्फ जाँदै गरेको बेला दुर्घटना भएको हो ।
मृतकको सनाखत भने भइसकेको छैन । प्रहरी घटनास्थल पुगेर मुचुल्का उठाइरहेको छ ।