images
images

कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ। गत असोज ९ र १० गते भएको परीक्षामा १ लाख १७ हजार ८८२ विद्यार्थीले परीक्षा दिएका थिए।

जसमा ८८ हजार ९४७ विद्यार्थीले ग्रेड प्राप्त गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। ७५.४५ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका हुन्। १५ जना विद्यार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ।

बोर्डले सञ्चालन गरेको परीक्षामा सहभागी भई सैद्धान्तिक तर्फ अन्य विषयमा न्यूनतम डी वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी एनजी प्राप्त गर्ने विद्यार्थीका लागि परीक्षा सञ्चालन गरेको थियो ।

कुनै दुई विषयमा एनजी भएका वा अनुपस्थित भएका परीक्षार्थीहरूका लागि दुई विषयमा ग्रेडवृद्धि सहभागी हुन पाउने व्यवस्था छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS