काठमाडौं– फिल्म ‘दिमाग खराब’ गत शुक्रबारबाट नेपाल र अन्य देशहरूमा एकैसाथ प्रदर्शनमा आयो। बिहीबार अचानक फिल्मका निर्माता रौनक विक्रम कँडेल र निर्देशक निश्चल बस्नेतले विज्ञप्ति जारी गर्दै हलहरूले समान सेयर बाँडबाँट र पर्याप्त शो नदिएसम्म नेपालमा प्रदर्शन रोक्ने निर्णय गरे।
दर्शकहरूको चाप बढिरहेको बेलामा अचानक किन यो निर्णय गर्न पुग्यो त ? भन्ने प्रश्नमा निर्देशक बस्नेतले फिल्म चले पनि हलवालाहरुका कारण लगानी नै नउठ्ने अवस्था आएपछि यो निर्णय गर्नुपरेको बताए।
यस्तै छ उनको भनाइको सम्पादित अंशस्
हाम्रो फिल्ममा सुरुवाती दिनमा दर्शकहरू कम थिए। दोस्रो दिनबाट शो घटाइयो। मैले केही भनिनँ। विस्तारै ‘वर्ड अफ माउथ’का कारण हलहरू हाउसफूल हुन थाले।