images
images

बीबीसीको प्रभावशाली सय महिलाको सूचीमा नेपालकी यौनिक अल्पसंख्यक अभियान्ता रुक्सना छनौट

काठमाडौं । विश्व चर्चित बेलायती सञ्चारमाध्यम बीबीसीले प्रत्येक वर्ष प्रकाशित गर्ने सय महिलाको सूचीमा नेपालकी रुक्शना कपाली छनौटमा परेकी छिन।

कपाली सन् २०२३ का लागि विश्वका विभिन्न देशका एक सय जना प्रेरणादायी र प्रभावशाली महिलाको पनि परेकी हुन् । बीबीसीले सोमबार सार्वजनिक गरेको सूचीमा लामो समयदेखि यौनिक तथा लैंगिक अल्पसंख्यक अभियन्ताका रूपमा कार्यरत रुक्शना कपाली छनौटमा परेको बीबीसीले जनाएको छ।

एलएलबी तेस्रो वर्षमा अध्ययनरत कपाली नेपालका एलजीबीटीक्यू प्लस समुदायलाई कानुनी र संवैधानिक अधिकारका पक्षमा अभियान्ताको रुपमा वकालत गर्दै आएकी छिन।

उनी हाउजिङ क्याम्पेनर अन्तर्गत १०० प्रभावशाली महिलाको सूचीमा परेको पनि बीबीसीले जनाएको छ । बीबीसीले यस वर्ष जलवायु अभियन्ता, संस्कृति तथा शिक्षा, मनोरञ्जन र खेलकुद, राजनीति र वकालत तथा विज्ञान, स्वास्थ्य र प्रविधि विधामार्फत प्रभावशाली १०० महिला छानिएको पनि उल्लेख गरेको छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS