काठमाडौं। दाङको तुल्सीपुरमा दाजुभाई मृत अवस्थामा फेला परेका छन । तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ डोक्रेनाका ३४ वर्षीय पूर्णबहादुर बस्नेत र उनका ३० वर्षीय भाइ टेकबहादुर बस्नेत सोमबार बेलुकी भाडामा बस्दै आएको घरभित्र मृत अवस्थामा फेला परेका हुन ।
मृत दाजुभाइको शव निकालेर पोष्टमर्टमका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा लगिएको प्रहरीले जनाएको छ। पूर्ण परिवारका साइँला र टेकबहादुर कान्छा हुन्।
दशैं मनाउन भनेर साइँला पूर्णबहादुर दसैं मनाउन भनेर भारतबाट र कान्छा टेकबहाखदुर गत भदौमा विदेशबाट घर फर्किएका थिए। कान्छा टेकबहादुरको परिवार र छोरा तुलसीपुरको गाइडहरमा विगत एक वर्षदेखि कोठा भाडामा बस्दै आएका थिए । उनीहरूको कोठामा किटनाशक विषादीको खोल फेला परेको प्रहरीले जनाएको छ।