images
images

विपीन जोशीको रिहाईका लागि पहल गरिदिन परराष्ट्रमन्त्री साउदद्वारा कतारी विदेशमन्त्रीलाई आग्रह

काठमाडौं। परराष्ट्रमन्त्री एनपी साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल-मुखैरीसँग हमासको नियन्त्रणमा रहेका नेपाली विपीन जोशीको रिहाईका लागि पहल गरिदिन आग्रह गरेका छन।

शुक्रबार परराष्ट्र मन्त्रालयमा भएको भेटमा उनले कञ्चनपुरका जोशीलाई हमासको नियन्त्रणबाट रिहाईका लागि पहल गरिदिन आग्रह गरेका हुन। विद्रोही हमासले रिहा गर्न लागिएको भनिएका ५० जनाको समूहसँगै जोशीको रिहाई गराइदिन विशेष अनुरोध गरिएको मन्त्री साउदका प्रमुख स्वकीय सचिव दिपकराज जोशीले जानकारी दिए।

जवाफमा कतारका विदेश राज्यमन्त्रीले जोशीको रिहाईका लागि यथाशीघ्र सहयोग गर्ने आश्वासन दिए । भेटका क्रममा परराष्ट्रमन्त्री साउदले गाजामा युद्ध विराम र हमासले बन्धक बनाएका नागरिकको रिहाईका लागि कतार सरकारले निर्वाह गरेको मध्यस्थकर्ताको भूमिकाको पनि प्रसंसा गरे।

यस अघि बिहीवार मन्त्री साउदले जोशीको रिहाईका लागि इजरायलका राजदूतलाई मन्त्रालयमा बोलाएर कुरा गरेका थिए। भेटका क्रममा उनीहरुबीच रोजगारी, ब्यापार तथा लगानी आदान प्रदान, सहकार्यको विकास र उच्च स्तरीय भ्रमण लगायत साझा हितका विषयमा छलफल भएको थियो ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS