images
images

कांग्रेस नेता लेखक भारतको लखनऊ विश्वविद्यालयबाट सम्मानीत

काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक भारतको लखनऊ विश्वविद्यालयबाट सम्मानीत भएका छन। उक्त विश्वविद्यालयले लेखक सहित विभिन्न सात जना पूर्व विद्यार्थीहरुलाई सम्मानीत गरेको हो।

लेखकले सन १७८३ देखि १९८९ सम्म लखनउ विश्वविद्यालयबाट कानुनमा स्नातक र इतिहासमा स्नातकोत्तर अध्ययन गरेका थिए। उनलाई विश्व विद्यालयले १०३औं स्थापना दिवस तथा अन्तर्राष्ट्रीय अलुमिनी मिटको अवसरमा पारेर सम्मान गरेको लेखले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएका छन।

सामाजिक सञ्जाल फेसबुक मार्फत नेता लेखकले भनेका छन, विश्व विद्यालय स्थापना भएको १०३औं वर्षको अवसरमा विश्व विद्यालयवाट सम्मान प्राप्त भयो। म लखनाऊ विश्वविद्यालय प्रति आभार व्यक्त गर्दै धन्यवाद दिन चाहन्छु। यस अवसरमा पहिले म बसेको छात्रावासमा १३ वटा विभिन्न देशवाट ऊच्च शिक्षा लिन आएका केहि विद्यार्थीसँग भेट र कुराकानी भयो। नेता लेखकले लखनऊ विश्वविद्यालय राष्ट्रीय, अन्तर्राष्ट्रीय स्तरमा ख्याति प्राप्त रहेको उल्लेख गरेका छन।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS