काठमाडौं। गुल्मीमा बससँग मोटरसाइकल ठोक्किँदा एक विद्यार्थीको ज्यान गएको छ। दुर्घटनामा परी रेसुंगा नगरपालिका ४ घर भई महेन्द्र माविमा कक्षा १२ मा अध्ययन गर्ने १९ वर्षीय विवेक झाँक्रीमगरको मृत्यु भएको हो।
रेसुंगा नगरपालिका– ४ अर्खलेमा सिमलटारीदेखि बुटवलतर्फ जाँदै गरेको लु.१ख ९४७५ नम्बरको बससँग तम्घासबाट सेउघा जाँदै गरेको लु.८७प ९८१ नम्बरको मोटरसाइकल ठोक्किएपछि मोटरसाइकल चलाईरहेका विद्यार्थी मगरको मृत्यु भएको प्रहरीले जनाएको छ।
झाँक्रीमगरको उपचारको क्रममा मृत्यु भएको र उनको पोष्टमार्टम गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानले जानकारी दिए।