images

एनसेल प्रकरणः मुद्धाको सुनवाईबाट पन्छियो सर्वाेच्च अदालत, अर्काे पेशी फागुन १५ गतेलाई तोकियो

काठमाडौैं। निजी क्षेत्रको नेपाली दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलमा ८० प्रतिशत स्वामित्व रहेको विदेशी कम्पनीको शेयर बिक्री प्रकरण विरुद्ध परेको रिट निवेदनमाथि सुनुवाई गर्न सर्वाेच्च अदालत पन्छिएको छ।

रेनोल्डस् होल्डिङको शत प्रतिशत शेअयर आजियाटा यूके लिमिटेडले ‘नेपाली मूलका सिङ्गापुरका नागरिक’ लगानीकर्ता रहेको स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बिक्री गरेको एनसेल र आजियाटाले बाहिरिएपछि सर्वाेच्च अदालतमा रिट दायर भएको थियो।

दूरसञ्चार सेवा र करसम्बन्धी नेपाली नियामक निकायहरूलाई जानकारी नगराईकन एनसेलमा ८० प्रतिशत स्वामित्व भएको कम्पनीको शेयर विदेशमै बिक्री गरिएपछि त्यसले शङ्का उत्पन्न गरेको भन्दै त्यस विरुद्ध रिट दायर भएको थियो। उक्त रिटको मंगलबार पेशी तोकिएको थियो। तर पेशी सूचीमा परेका न्यायाधीशहरु नतातेपछि उक्त मुद्धा स्थगितमा राखिएको हो। उक्त प्रकरणको सुनुवाई आगामी फागुन १५ गतेका लागि तोकिएको छ।

यसअघि रेनोल्ड्स होल्डिङमा रहेको युरोपेली कम्पनी टेलियाको शेअर आजियाटा यूके लिमिटेडले विसं २०७२ चैत २९ गते किनेको थियो।

त्यस क्रममा नेपाललाई तिर्नुपर्ने पुँजीगत लाभकरलगायतका करहरू नबुझाएको विषयमा विवाद उत्पन्न भएको। उक्त विषय नेपालको सर्वोच्च अदालतसँगै अन्तर्राष्ट्रिय मध्यस्थकर्तासमक्ष पनि पुगेको थियो।

अन्तर्राष्ट्रिय मध्यस्थकर्ताले गत जुन २०२३ मा नेपाल सरकारको पक्षमा अन्तिम निर्णय दिएको थियो।

नेपाली अदालतले पनि आजियाटा तथा एनसेलले नेपालमा लाग्ने पुँजीगत लाभकरसहित दायित्व तिर्नुपर्ने फैसला गरेको थियो।