images
images

एनसेलका सीईओलाई बयानका लागि बोलाउन सांसदको माग

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा स्वर्णीम वाग्लेले एनसेल खरिद बिक्रि प्रकरणका विषयमा एनसेलका सीईओलाई बोलाएर बयान लिनु पर्ने बताएका छन।

प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै सांसद वाग्लले एनसेलको सीईओलाई नै पत्र काटेर छलफलमा बोलाउन माग गरेका हुन् । उनले भने,“नेपालमा लगानी गर्न उचित छैन भन्ने प्रचार आजियाटाले गरेको छ, समितिले नै पत्र काटेर बोलाउनुपर्छ । बरू के सहयोग चाहिन्छ, हामी त्यो गर्न तयार छौँ ।” 

त्यसैगरी रास्वपाका अर्का सांसद विराजभक्त श्रेष्ठले एनसेललाई कर छुट दिनु उपयुक्त नभएको टिप्पणी गरे। उनले भने,“एनसेलका सीईओले गैरजिम्मवार अभिव्यक्ति दिएका छन् । यसले वैदेशिक लगानी नेपालमा आउँदैन, नेपालको सार्वभौमसत्तामा आँच पुर्याउने काम गरेको छ । यसको जवाफ कसले दिन्छ ?”

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS