images
images

भारतले लगायो प्याज निर्यातमा पूर्ण प्रतिबन्ध

काठमाडौं। भारतले पूनः प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ। तीन महिनाअघि डिसेम्बर अन्तिमसम्मका लागि प्याजमा ४० प्रतिशत निर्यात कर लगाएको भारतले हशाल आएर निर्यातमा पूर्ण रोक लगाएको हो ।

भारतको वाणिज्य एवं उद्योग मन्त्रालय अन्तर्गतको विदेश व्यापार महानिर्देशनलायले सन् २०२४ को मार्चसम्मका लागि प्याजको निर्यातमा रोक लगाएको हो । अन्य मुलुकका सरकारको आग्रहबमोजिम सरकारले अनुमति दिएमा भने प्याज निर्यात हुन सक्ने पनि महानिर्देशनलायको सूचना मार्फत जनाएको छ।

भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपाली बजारमा कृतिम अभाव सिर्जना भएको छ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS