images
images
images

सन्दीप लामिछानेको मुद्धा जिल्ला न्यायाधीश पाण्डेको इजलासमा

काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्धाको पेशी जिल्ला अदालत काठमाडौंका न्यायाधीश पदम राज पाण्डेको इजलासमा तोकिएको छ। अन्तिम सुनुवाइका लागि लामिछानेविरुद्धको मुद्दा न्यायाधीश पाण्डेको इजलासमा पेसी तोकिएको हो ।

यसअघि गत कात्तिक २३ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले दुवै पक्षसँग बहस नोट माग गरेको थियो । दुवै पक्षबाट बहस नोट पेश भएपछि आइतबार सुनुवाइका लागि पेशी तोकिएको हो ।

न्यायाधीश अब दुवै पक्षले बहस नोटमा जिकिर लिएका विषयहरुलाई थप प्रष्ट पार्न अन्तिम सुनुवाइ गर्नेछन् ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS