images

संघीय संसदका महासचिव गौतमले दिए राजीनामा

काठमाडौं। संघीय संसद्का महासचिव डा भरतराज गौतमले पदबाट राजीनामा दिएका छन् । महासचिव गौतमले आइतबार राष्ट्रपतिसमक्ष राजीनामा बुझाएका हुन् ।

गौतमको राजीनामापछि संघीय संसद्को नयाँ महासचिवमा हाल सचिव रहेका पद्मप्रसाद पाण्डेय सिफारिस भएका छन् । सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पाण्डेयको नाम सिफारिस गरेका हुन् ।

संविधानको धारा १०६ बमोजिम प्रतिनिधि सभाको सभामुख र राष्ट्रिय सभाका अध्यक्ष दुवैको संयुक्त सिफारिसमा संघीय संसदको महासचिवमा प्रतिनिधि सभाका सचिव पद्म प्रसाद पाण्डेयको नाम सिफारिस भएको छ ।

संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमले घरासयी कारण देखाउँदै २४ मंसिर, २०८० मा राष्ट्रपतिसमक्ष राजीनामा दिएकाे सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

गौतम २०७७साल वैशाख २२ देखि संसद् महासचिवको रुपमा कार्यरत थिए । उनी संसद् सेवाबाट बढुवा हुँदै सचिव भई महासचिव बनेका थिए ।