images

मेयर बालेन शाह र प्रमुख प्रशासकीय अधिकृत अधिकारीको नेतृत्व टोलीबीच मैत्री फुटबल सम्पन्न

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज प्रमुख ११ र प्रमुख प्रशासकीय अधिकृत ११ मैत्रीपूर्ण फुटबल सम्पन्न गरेको छ ।

२९ औँ महानगर दिवस २०८० का अवसरमा दशरथ रङ्गशालामा आयोजना गरिएको खेलमा जनप्रतिनिधिको नेतृत्व प्रमुख बालेन्द्र शाह (बालेन) र कर्मचारीको नेतृत्व प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले गर्नुभएको थियो । महानगर दिवस, प्रतियोगिता सञ्चालन उपसमितिले खेलको आयोजना गरेको हो ।


खेलको शुरुवात गर्दैै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ्ले रेफ्री ओम न्पौपानेलाई र रेफ्री न्यौपानेले महानगरका प्रमुख शाह र उपप्रमुख एवं महानगर दिवस मूल समारोह समितिकी संयोजक सुनिता डंगोललाई फुटबल हस्तान्तरण गरेका थिए ।

खेलमा कर्मचारीकातर्फबाट जीवन थापाले ३ गोल र सविन लामाले २ गोल गर्नुभएको थियो । यसैगरी जनप्रतिनिधिका तर्फबाट प्रेम थापाले १ गोल र नविन भण्डारीले २ गोल गरेका थिए ।


जनप्रतिनिधि र कर्मचारी बिचको मैत्री खेल उदाहरण हो । यसले आन्तरिक समन्वयलाई बिम्बित गर्छ । खेल सकिएपछि मुल समारोह समितिकी संयोजक डंगोलले प्रतिक्रिया दिए।महानगर दिवसका कार्यक्रमअन्तर्गत २७ गते बाँसुरी बादन प्रतियोगिता, २८ गते गुरु सम्मान र २९ गते मूल समारोह हुनेछ ।