images
images

प्रचण्डपुत्री गंगा दाहालमाथि छानबिन गर्न अनेरास्ववियुको माग

काठमाडौं। नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपुत्री गंगा दाहालमाथि छानबिन गर्न माग गरेको छ।

प्रधानमन्त्री प्रचण्डको नीजि सचिव समेत रहेकी गंगामाथि एनसेलको सेयर खरिद विक्री प्रकरणमा मुछिएको भन्दै उनीमाथि छानबिन गर्न माग गरेको हो। अनेरास्ववियुका कार्यबहाक अध्यक्ष गोबिन्द गिरीले एक प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीकै सचिवालयमा रहेका जिम्मेवार र परिवारकै सदस्य भ्रष्टाचार, अनियमितता,कमिसन लेनदेनमा संग्लन रहेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ।

बालुवाटार र सिंहदरबारमा बसेर त्यस्ता गतिविधि गर्ने माथि छानबिनको दायरमा ल्याएर कानुनी कार्बाही गर्न समेत अनेरास्ववियुले माग गरेको छ।

हेर्नुहाेस् विज्ञप्ति