images
images
images

संघीय संसदबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता,राष्ट्रिय सभामाथि प्रतिनिधि सभाको ४ गोल

काठमाडौं। संघीय संसद अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ। संसद सेवा दिवसको अवसरमा मंगलबार मैत्रीपूर्ण फुटसल भएको हो।

फुटसल प्रतियोगिता प्रतिनिधिसभा सभामुख र राष्ट्रियसभा अध्यक्षको भएको हो। प्रतिनिधिसभाको टिमको नेतृत्व सभामुख देवराज घिमिरेले गरेका थिए भने राष्ट्रियसभा टिमको नेतृत्व अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गरेका थिए।

फुटसल खेलका क्रममा बोल्दै प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले युवापुस्तालाई उत्साहित तुल्याउन फुटसलको आयोजना गरिएको बताए।उनले संसद सेवा दिवसमा संसदका सांसदहरु, सचिवालयका सदस्यहरु, सभामुख, उपसभामुखहरुले उत्सव मनाउने दिनका रुपमा आज फुटसल खेलिएको बताए।

खेलमा प्रतिनिधिसभाले राष्ट्रियसभालाई ४-० ले पराजित गरेको छ। भृकुटीमण्डपस्थित फुटसल कोर्टमा भएको उक्त प्रतियोगितामा प्रतिनिधिसभाका लागि नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले दुई तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठ र नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले एकरएक गोल गरेका थिए ।

पहिलो र दोस्रो गोल सांसद सापकोटाले, तेस्रो गोल सांसद श्रेष्ठले तथा चौथो गोल सांसद शर्माले गरे । प्रतिनिधिसभाको टोलीको नेतृत्व सभामुख देवराज घिमिरे तथा राष्ट्रियसभा टोलीको नेतृत्व अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गरेका थिए ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS