images

डा केसीले आजदेखि अनशन बस्ने

काठमाडौं। चिकित्सा शिक्षा सुधारका अभियान्ता डा गोविन्द केसी आजबाट अनसन बस्ने भएका छन। विगतमा सरकारले गरेका सहमति कार्यान्वयन नगरेको भन्दै डा केसी शुक्रबार साँझ ५ बजेदेखि सत्याग्रह गर्न लागेका हुन।

डा केसीले पत्रकार सम्मेलनको आयोजना गर्दै आजबाट सत्याग्रह सुरु गर्ने जनाएका हुन। उनले विगतमा भएका सम्झौता, सरकारी अस्पतालहरुमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै निःशुल्क औषधिहरु पाइने सुनिश्चित गर्ने माग राखेका छन।

डा केसीले सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरुलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्यायप्रक्रिया शीघ्र टुंगोमा पुर्याउने, गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान संचालनमा ल्याउने चिकित्सा शिक्षा ऐनमा उल्लेख भए अनुसार सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पुर्‍याउने, जनसंख्या र भौगोलिक अवस्थितिअनुसार यस अगाडि सम्झौता भए बमोजिम इलाम, उदयपुर, डडेलधुरामा सरकारी मेडिकल कलेजहरु खोल्ने माग अगाडी सारेका छन् ।

डा केसी यस अघि पनि चिकित्सा शिक्षा सुधारकाे माग राख्दै पटक पटक अनसन बसेपछि सरकारले उनका मागहरुमा सहमति जनाउँदै अनसन ताेडाएकाे थियाे।