काठमाडौं। उच्च अदालत, पाटनद्वारा सुर्तीजन्य पदार्थ विक्री वितरणमा रोक लगाउने काठमाडौं महानगरको निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश ।
उच्च अदालत, पाटनले सुर्तीजन्य पदार्थ विक्री वितरणमा रोक लगाउने काठमाडौं महानगरको निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश दिएको छ ।श्रीराम टोवागो उद्योगले हालेको मुद्दामा उच्च अदालत, पाटनका न्यायाधीश जनक पाण्डे र ब्रजेश प्याकुरेलको इजलासले मुद्दाको अन्तिम टुंगो नलगेसम्म महानगरकोे निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।
महानगरले चुरोट, सुर्ती, खैनी, गुट्खा, र पान परागजस्ता सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएको छ । सार्वजनिक स्थानको १०० मिटर वरपर धुमपान गरे १०० रुपैयाँ जरिवाना गर्ने निर्णय समेत महानगरले गरेको थियो ।