images

२५ किलो चरेस सहित दुई जना पक्राउ

काठमाडौ । लागुऔषध नियन्त्रण ब्युरोको टोलीले काठमाडौको टोलीले बलम्बुबाट दुई जनालाई चरेस सहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङ गल्छीका भीमबहादुर तामाङ र कान्छा तामाङ रहेका ब्युरोका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए ।उनको साथबाट २५ किलो चरेस बरामद गरेको प्रहीरीले जनाएको छ ।

यस्तै शनिबा अमेरिकाबाट पार्सल गरी ल्याइएको ५५ किलो गाँजा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको समेत प्रहरीले जनाएको छ ।