images
images
images

पोखरा जान लागेको यात्रु बहाक बस दुर्घटना, १८ जना घाईते

काठमाडौं। मुग्लिनबाट पोखरा जाँदै गरेको बस दुर्घटनामा परेको छ। आइतबार बिहान करिब साढे ८ बजे तनहुँको व्यास नगरपालिका वडा नम्बर १२ कमलवारीस्थित पृथ्वी राजमार्गमा बस दुर्घटनामा परेको हो।

मुग्लिनबाट पोखरातर्फ गइरहेको ग २ ख १४५९ नम्बरको बसले टिपरलाई ओभरट्याक गर्ने क्रममा यात्रुबहाक बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

बस दुर्घटनामा १८ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ। घाइतेहरुको दमौलीस्थित रत्नहरि मेमोरियल र पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS