images
images

डा‍. केसीले सुदूरपश्चिम प्रदेशको गेटामा स्थापना हुन लागेको स्वास्थ्य विज्ञान विश्वविद्यालय भाँड्न खोजेः नेता रावल

काठमाडौं। नेकपा एमालेका नेता डा. भीम रावलले डा. गोविन्द केसीको अनसनको विरोध जनाएका छन्। डा. केसीले सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य विज्ञान विश्वविद्यालय बन्न नदिने उद्धेश्यले अनसन बसिरहेको नेता रावलले आरोप लगाएका छन।

सामाजिक सञ्जाल ट्विट मार्फत नेता रावलले भनेका छन, डा. गोविन्द केसीको काम देश र जनताको हितमा देखिन्न। सुदूरपश्चिम प्रदेशको गेटामा स्थापना हुनलागेको स्वास्थ्य विज्ञान विश्वविद्यालय भाँड्न खोज्ने डा. गोविन्दको सर्वत्र विरोध हुनपर्छ। देशमा स्वास्थ्यकर्मी उत्पादनमा बाधा हालेर कुन शक्ति र स्वार्थको पृष्ठपोषण गर्दैछन् भन्ने प्रश्न गरौ।

डा. गोविन्द केसी विगतमा भएका सहमति कार्यान्वय लगायतका माग गर्दै गत शुक्रबारदेखि सुदूरपश्चिम प्रदेशको धनगढीमा अनसनरत रहेका छन।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS