images
images
images

वीर अस्पतालका निर्देशक डा पौडेललाई हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वाेच्चको आदेश

काठमाडौं । वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेललाई हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ।

मंगलबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र सुष्मालता माथेमाको इजलासले पदबाट नहटाउन अन्तरिम आदेश जारी गरेको हो। सर्वोच्चले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाममा उक्त आदेश जारी गरेको हो।

गत मंसिर १४ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न आरोप लगाउँदै डा पौडेललाई पदबाट हटाउने निर्णय गरेको थियो। मन्त्रालयको उक्त आरोप विरुद्ध डा. पौडेलले १८ मंसिरमा रिट दायर गरेका थिए।

यस अघि तत्कालिन स्वास्थ्यमन्त्री पदम गिरीले मन्त्रीस्तरीय निर्णय गर्दै डा पौडेललाई वीर अस्पतालको कार्यकारी निर्देशक नियुक्त गरेका थिए।

डा पौडेल अर्थोपेडिक सर्जन हुन्। उनी दशौं तहका हुन्। वीरमा डा पौडेलले जिम्मेवारी पाएपछि कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को निमित्त कार्यकारी अधिकारीको रुपमा रहेका डा भुपेन्द्र बस्नेतको जिम्मेवारी खोसिएको छ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS