images

एनसेल प्रकरणलाई ढाकछोप गर्न खोजेको भन्दै लेखा समिति सभापति पोखरेलको आक्रोश

काठमाडौं। प्रतिनिधि सभा अन्तर्गत लेखा समितिका सभापति ऋषिकेश पोखरेलले एनसेलको सेयर खरिद बिक्री प्रकरणलाई कमजोर बनाउन खोजेको भन्दै आक्रोश व्यक्त गरेका छन्। सभापति पोखरेलले राज्य व्यवस्था समिति मार्फत एनसेल प्रकरण कमजोर बनाउन खोजेको आरोप लगाएका छन्।

सामाजिक सञ्जाल फेसबुक मार्फत सभापति पोखरेलले लेखेका छन्, ‘सरकारी सुण्ड मसुण्डहरू सार्वजिक लेखा समितिले गरेको एनसेल भ्रष्टाचार काण्डसम्बन्धी निर्णयलाई र सरकारलाई दिएको दबाबलाई कमजोड बनाउन र भ्रष्टाचारलाई छोप्न, आफ्नो कार्यक्षेत्रभन्दा बाहिर विभिन्न संसदीय समितिहरूमार्फत विषय बंग्याउने र जनतालाई भ्रम छर्ने कामको खेद व्यक्त गर्दछु र जनतालाई सचेत हुन अपील गर्दछु ।’

मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिमार्फत सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सवाल जवाफ गरेका थिए।

भापति पाेखरेलकाे फेसबुक स्टाटस जस्ताकाे त्यस्तै