images

सर्वाेच्चका ६ न्यायाधीशले लिए सपथ

काठमाडौं । सर्वोच्च अदालतमा नियुक्त ६ जना न्यायाधीशहरुले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

नवनियुक्त न्यायाधीशहरू सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनीलकुमार पोखरेल र बालकृष्ण ढकालले बिहीबार राष्ट्रपतिको उपस्थितिमा शीतलनिवासमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसमक्ष शपथ ग्रहण गरेका हुन् ।

संसदीय सुनुवाइ समितिले बुधबार उनीहरूको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले बुधबारनै उनीहरूलाई सर्वोच्चको न्यायाधीश पदमा नियुक्त गरेका थिए ।

न्यायपरिषद्ले गत मंसिर ५ गते उनीहरुलाई न्यायाधीश पदका लागि सिफारिस गरी संसदीय अनुमोदनका लागि पठाएको थियो । सर्वोच्चमा अझै एक न्यायाधीश पद रिक्त छ । सर्वोच्चमा प्रधानन्यायाधीश सहित २१ न्यायाधीशको दरबन्दी रहेको छ।