images
images
images

ग्यालेक्सी टेलिभिजन बन्द, साहु जिबी राई १६ अर्व ठगि आरोपमा पक्राउपूर्जी जारी भएसँगै फरार

काठमाडौं । ग्याक्लेक्सी टेलिभिजनका साहु सहकारी ठगी प्रकरणमा फरार भएसँगै टेलिभिजन बन्द भएको छ।
‘अवैध नेटेवर्किङ व्यावसायी’ गितेन्द्र बाबु राईद्वारा सञ्चालित टेलिभजन सञ्चालन भएको केही वर्षमा बन्द भएका हो। सुर्यदर्शन बचत ऋण तथा सहकारी संस्थाका अध्यक्ष राईलाई १६ अर्ब भन्दा बढी हिनामिना गरेको आरोप लागेको छ।

राई विरुद्ध सहकारीका बचतकर्ताले ठगी गरेको भन्दै जिल्ला अदालत कास्कीमा मुद्धा समेत दर्ता गराएका थिए। जिल्ला अदालत कास्कीले राई विरुद्ध गत भदौ २४ गते पक्राउ पूर्जी जारी गरेको थियो। उनी विरुद्ध पक्राउ पूर्जी जारी भएसँगै उनी फरार रहेका छन्।

साहु नै फरार भएपछि उनले सञ्चालनमा ल्याएको ग्यालेक्सी फोरके टेलिभिजन बन्द गरिएको छ। टेलिभिजनमा काम गर्नेहरुले महिनौंसम्मको तलव नपाएको गुनासो गरेका छन्। केही टेलिभिजनकर्मीहरुले उक्त संस्था छोडेर अन्त्यै काम थालनी समेत गरेका छन्। अहिले टेलिभिजनमा गित मात्रै बज्ने गरेको छ।

राई चितवनको सहारा बचत तथा ऋण सहकारी संस्था, सुप्रिम बचत तथा ऋण सहकारी संस्था, नेपालगञ्जको समानता बचत तथा ऋण सहकारी संस्था, वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्था, भैरहवाको सुप्रिम बचत तथा ऋण सहकारी संस्था, जितपुरको सुप्रिम बचत तथा ऋण सहकारी संस्था, काठमाडौँको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीलाई कानुनविपरित ऋण प्रवाह गरी भएको रकम हिनामिनामा पनि मुछिएका छन् । यी सहकारी जिबी राईकै समूहले खोलेका सहकारी रहेको पीडित बचतकर्ताहरुको गुनासो रहेको छ।

राईको समूहमा बसेर देशभर सहकारी नेटवर्किङ खडा गरेर ठगी गर्नेमा दार्चुलाका भूपेन्द्र राई, बाग्लुङका थानबहादुर बुढामगर, ललितपुरका कुमार रम्तेल र हेमन्त थापा रहेका छन ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS