images
images
images

संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्याउन तीन दलका शीर्ष नेता सहमत

काठमाडौं। तत्कालिन संक्रमणकालीन मुद्धालाई टुंगोमा पुर्याउनका लागि तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र सहमती नजिक पुगेका छन्।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन दलका शीर्ष नेता शेर बहादुर देउवा,केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमतीमा टुंगोमा पुर्याउने विषयमा छलफल भएको हो।

उनीहरूबीच सङ्क्रमणकालीन न्यायसँग जोडिएको शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिनेलगायत विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए।

र्बैठक सोमबार पुनः बैठक बस्ने सहमति भएको उनले बताए। बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा विचाराधीन अवस्थामा छ। उक्त विधेयक जसरी पनि पारित गर्नै पर्ने दबाब सरकारलाई पर्दै आएको छ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS