images
images
images

गणतन्त्रको रक्षाका निम्ती जनता जे गर्न पनि तयार छन्ः अध्यक्ष ओली

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताहरु लोकतान्त्रीक गणतन्त्रको रक्षाको निम्ती जे गर्न पनि तयार रहेको बताएका छन् । बैतडीको झुलाघाटदेखि पाँचथर चिवाभन्ज्याङसम्मको समृद्धिका लागि संकल्प यात्राबारे जानकारी दिन आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले उक्त कुरा बताएका हुन।

उनले भने,लोकतन्त्रप्रति जनताको असाधारण विश्वास छ । लोकतान्त्रिक गणतन्त्रको रक्षाका निम्ती जनता जे गर्न पनि तयार छ। सरकारका असफलताका कारणले पैदा भएका निराशाजन्य कुराहरूले मानिसहरू हतोत्साहित भएको छन्। त्यस स्थितिको फाइदा लिएर अवाञ्छित खालका व्यवहारलाई अगाडि बढाउने प्रयास थियो। त्यो प्रयासलाई यो यात्राले अर्थहीन बनाइदियो। गलत भाष्यहरू तयार गरिएको थियो त्यस्ता भाष्य कहिले कहिले तयार गर्न खोजिन्छ। धेरै पछि पनि त्यस्ता प्रतिगमनलाई फर्काउने प्रयास गर्छन्।’ 

त्यस्तै अध्यक्ष ओलीले कोही कोही राजतन्त्र फर्काउँछौं, यो अवधिभित्र राजतन्त्र फर्काउँछौं भन्ने गरेको बताउने भए पनि एमालेको संकल्प यात्राले राजनीतिक रूपमा गलत भाष्यहरूलाई अस्वीकार गरेका दाबी गरे ।

अध्यक्ष ओलीले एमालेको संकल्प यात्राले सामाजिक सद्भाव, राष्ट्रिय एकता बिथोल्नका लागि गरिएका प्रयासलाई अस्वीकार गरिदिएको बताए ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS