images
images

गृहमन्त्रीले नै सुन तस्करको संरक्षण गरेः रवी लामिछाने

काठमाडौं । काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवी लामिछानेले सुन तस्करीबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रमाण पेश गर्दा समेत उल्टै तस्करको संरक्षण गरेको आरोप लगाएका छन।

सोमबार चितवनमा पत्रकारहरुसँग कुरा गर्दै सभापति लामिछानेले सुन तस्करबारे गृहमन्त्रीकै क्याबिनमा गएर प्रमाण पेश गरेको भए पनि गृहमन्त्रीले उल्टै तस्करको संरक्षणमा लागेको बताएका हुन। पत्रकारहरुसँग कुरा गर्दै लामिछानेले भने, मैले सदनमा नै सुन तस्करीको सूचना भएको जानकारी गराएको थिएँ। धेरैले सूचना भएको मान्छेले दिनुपर्छ भन्नुभयो। मैले कुन सूचना कहाँ दिने भन्ने ध्यान र ज्ञान राख्नुपर्छ। मैले गृहमन्त्रीज्यूलाई गएर नै तपाईँको निकटमा रहेको मान्छे जो अध्यागमनको डिजी हुनुहुन्छ।

उनले प्रमाण देखाउँदै भने, झलकराम अधिकारी उहाँको संलग्नता देखिएको छ, उहाँले दावा भन्ने मान्छे जो सुन तस्करीको नाइके यो यो सामानमा सुन आयो है भन्दै पठाउनुभएको छ।

अहिले छानबिनको लागि जहाँ गएर छापा मारियो छाडिए । यी सामान छ कि छैन हेर्नुस्। केके सामान गएका छन्। यो काम कसले गर्‍यो के झलकराम सुवेदीले गर्नुभयो? उहाँ गृहमन्त्रीको नजिकको मान्छे। उहाँलाई यो मोड्नुपर्‍यो राजस्व अनुसन्धानले त राम्रो काम गरेको थियो। मैले गृहमन्त्रीको क्याबिन, सिंहदरबारमा गएर यी सब चिज देखाए उहाँलाई त गज्जब भयो। उहाँले कारबाही गर्नुहोला भनेको त ।

सभापति लामिछानेले गृहमन्त्री श्रेष्ठले डिजीलाई मन्त्रालय तानेर छानबिन गरेजस्तो गरेर झारा टारेको आरोप लगाए। उहाँ(गृहमन्त्री)लाई त त्यो अनुसन्धान प्रहरीतिर ल्याउनु थियो। उहाँहरु मान्छेलाई सायद जोगाउनु थियो होला। अहिले पनि सरकार फेरबदल हुन लागेकोछ, यो गृहमन्त्री हुन जान लाग्यो कि क्या हो, यसलाई त ठेल्नुपर्छ कि क्या हो भन्ने सोच उहाँलाई भएको होला। तपाईँको सरकार तपाईँलाई मुबारक। म त्यो रेसमा पनि छैन, यो गठबन्धनको रेसमा पनि छैन उनले भने ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS