images

नेविसंघ संस्थापक इतरपक्षले बोलायो छुट्टै बैठक, विद्रोहको तयारी

काठमाडौं । नेपाली कांग्रेस निकट भातृ संगठन नेपाल विद्यार्थी संघ भित्रको आन्तरिक विवाद चुलिँदै गएको छ । संस्थापन पक्षले एकलौटी गरेको भन्दै संस्थापन इतर पक्षले छुट्टै बैठक बोलाएको हो ।

अनुपम फुडल्याण्डमा भोलि (बुधबार) बस्ने संस्थापन समूहका नेता एवम् केन्द्रीय सदस्य ई. भुवन भट्टले स्पेस समाचारलाई जानकारी दिए। हामीले बैठकमा हाम्रो समूहबाट प्रतिनिधित्व गर्ने २२० जना केन्द्रीय सदस्यहरुलाई बोलाएका छौं । नेविसंघको विधिवत १२ औं महाधिवेशनको सुनिश्चितता, अवैधानिक निर्णयहरु खारेज, भ्रष्टाचार र अनियमितता विरुद्ध सडक आन्दोलनको घोषणा लगायतका हाम्रा एजेन्डासँग सहमत सबै केन्द्रीय सदस्यहरुलाई बैठकमा उपस्थित भएर निर्णयमा सहभागी हुन आव्हान गरेका छौं नेता भट्टले भने ।

शेखर-गगन समूहका नेविसंघ केन्द्रीय सदस्यहरुको बैठक समसामयिक विषयमा छलफल भनिएता पनि नेविसंघ भित्र विद्रोह गर्न केही महत्त्वपूर्ण निर्णयहरु गर्न लागिएको स्रोतले जनाएको छ।

नेपाल विधार्थी संघ लामो समयदेखि तदर्थवादबाट चलाईएको छ भने देशभरका जिल्ला क्याम्पसमा विवाद यथावत रहेको छ । केन्द्रबाट संघको विधिविधानको खिल्लि उडाएर मनोमानि ढंगले चिठ्ठी बाँढेर आफू अनुकल व्यक्तिहरुलाई नेविसंघको नेतृत्व दिन होडबाजी समेत देखिन्छ । संगठनको गरिमा धमिलिदै गएको र संगठनको अस्तित्व संकटमा पर्ने अवस्था आइसक्दा पनि नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पा जिम्मेवार नबनेको संस्थापन इतरपक्षको आरोप रहेको छ।