images

हात्ती सुन्दरी प्रतियोगितामा सात हात्तीकाे प्रतिस्पर्धा

काठमाडौं । चितवनको सौराहामा जारी हात्ती सुन्दरी प्रतियोगितामा ७ वटा हात्ती सहभागी भएका छन् । मंगलवारबाट शुरु भएको १७ औं संस्करणको चितवन पर्यटन तथा हात्ती महोत्सवको दोस्रो दिन बुधवार हात्ती सुन्दरी प्रतियोगिता गरिएको हो ।

प्रतियोगितामा सेल्फिकली, समृद्धिकलि, लक्ष्मीकली, बिजुलीकली, रानीमायाकली, चम्पाकली र रिमझिमकलीले सहभागिता जनाएका छन् । पाँच जनाको निर्णयक टोलीले महोत्सवको अन्तिम दिन पहिलो, दोस्रो र तेस्रो हुने सुन्दरी हात्तीको नतिजा सार्वजनिक गर्नेछ । निर्णायक मण्डलका सदस्य विनोद तिमिल्सिनाले आँखाको सुन्दरता, हिँडाई, शरीरको बनावट, माउतेले भनेको मान्ने/नमान्ने र रौँको अवस्था हेरेर मूल्यांकन गरिने बताए ।

कोरोना समय भन्दाअघि युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थामा ६० वटा हात्ती भएको र अहिले ३० वटा हात्ती मात्रै रहेको पनि तिमिल्सिनाले जानकारी दिए ।