images

सेनाको हेलिकोप्टर अगाडि प्रचण्डसहित सम्धी-सम्धिनाको फोटो भाइरल,सामाजिक सज्जालमा तिब्र आलोचना

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सेनाको हेलिकोप्टर सहित आफ्नी नातिनीको घर भएको गोरखाको गण्डकी गाउँपालिका पुगे।

बुधबार दिउँसो जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गतको कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेका थिए। उक्त स्थान प्रचण्डपुत्री रेनु दाहालकी छोरी प्रचण्डकी नातिनी प्रतिभा पाठक र ज्वाइँ विज्ञानबाबु रेग्मीको घर पर्छ। प्रधानमन्त्री प्रचण्ड त्यहाँ पुगेपछि नातिनी र ज्वाइँलाई भेट्न घरमै पुगेका थिए। सम्धी-सम्धिना, नातिनी र ज्वाइँसहित प्रचण्डले आफू चढेर गएको हेलिकप्टरलाई पृष्ठभूमिमा राखेर तस्बिर खिचाएका थिए।

उक्त फोटो सामाजिक सज्जालमा आएपछि व्यापक आलोचना भइरहेको छ । राज्यको सम्पतिमा मोजमस्ती र दूरुपयोग गरेको भन्दै प्रचण्डको आलोचना भइरहेको छ । उक्त आलोचनापछि प्रचण्डको सचिवालयले त्यसको खण्डन गरेको छ ।

प्रधानमन्त्रीका स्वकिय सचिव रमेश मल्लले सामाजिक सज्जाल फेसबुक मार्फत लेखेका छन, सम्माननीय प्रधानमन्त्रीज्यू आज आफ्नो निर्वाचन क्षेत्र गोरखा कार्यक्रममा गएको बेला आफन्तहरुसङ्ग भेट भएको र त्यतिखेर लिएको तस्वीरलाई लिएर सामाजिक संजालमा गलत ढंगले अफवाह फैलाउने काम भईरहेको छ।

यसता गलत सूचना फैलाएर सम्माननीय प्रधानमन्त्रीज्यूको राजनैतिक प्रतिबद्धतालाई कम्जोर पार्ने कोशिस भैरहेको छ। यस प्रकारको गलत सूचनाको भ्रममा नपर्न हामी सबैमा हार्दिक आग्रह गर्दछौं।