images
images

पशुपति विकास कोषका कार्यकारी निर्देशक लक्ष्मीको कागजात तीन दिन भित्र पेश गर्न निर्देशन

काठमाडौं। प्रतिनिधि सभा अन्तरगत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले पशुपति विकास कोषका कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्त हुँदा पेश गरेको कागजात तीन दिनभित्र पेश निर्देशन दिएको छ ।

बिहीबार पशुपति क्षेत्र विकास कोषका पदाधिकारीसँग छलफल गर्दै समितिले पुनको नियुक्ति विवादबारे नियुक्त हुँदा पेश गरेका कागजात तीन दिनभित्रै समितिमा पेश गर्न निर्देशन दिएको हो ।

‘पशुपति क्षेत्र विकास कोषमा हालै नियुक्त गरिएका कार्यकारी निर्देशकको नियुक्ति सम्बन्धी प्रमाणित कागजात निर्णयको माइन्यूट, निजको शैक्षिक योग्यता र अनुभवको प्रमाणपत्र, वैयक्तिक विवरण लगायत तीन दिन भित्र यस समितिमा उपलब्ध गर्न गराउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पशुपति क्षेत्र विकास निर्देशनमा भनिएको छ ।’

समितिको बैठकमा सांसद एकनाथ ढकाल, शिशिर खनाल, धवल शमशेर राणा लगायतका सांसदले पुनको नियुक्तिमा मापदण्ड नपुगेको विषय उठाएका थिए ।