images
images
images

संघीयता कार्यान्वयनका लागि दबाब दिन सातै प्रदेशका मुख्यमन्त्रीहरू हेटौंडामा भेला

काठमाडौं । हेटौंडामा आज संघीयता कार्यान्वयनका सन्दर्भमा संघ सरकारसँग छिनोफानो गर्न भन्दै सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक हुँदै छ।

गत असार १५ र १६ गते पोखरामा भएको मुख्यमन्त्रीहरूको अन्तरप्रदेश बैठक र प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको राष्ट्रिय समन्वय परिषद्को बैठकमा भएका निर्णय कार्यान्वयनको समय गुज्रिन लाग्दा पनि संघले तदारुकता नदेखाएपछि पुनः हेटौंडामा बैठक हुन लागेको हो।

सातै प्रदेशका मुख्यमन्त्री भेला हुने बैठकमा संविधानमा व्यवस्था भएको तहगत अधिकारबारे छलफल हुनेछ। सातै प्रदेशका मुख्यमन्त्रीहरूको सहभागितामा तहगत अधिकारको कार्यविस्तृतीकरण सम्बन्धी संगोष्ठी आयोजना गरिएको बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।

बैठकमा तीनै तहका सरकारको साझा अधिकारको विस्तृतीकरण र कानून निर्माण प्रक्रिया, वित्तरआर्थिक विकास क्षेत्र, सेवा क्षेत्र, पूर्वाधार क्षेत्र र वन वातावरण तथा विपत् व्यवस्थापन क्षेत्रबारे कार्यपत्र प्रस्तुत गरी छलफल हुनेछ।

कार्यक्रममा सातै प्रदेशका प्रमुख सचिव, मुख्य न्यायाधिवक्ता, गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल नगरपालिका संघका पदाधिकारीहरूको पनि सहभागिता रहनेछ। छलफलपछि शुक्रबार नै साझा प्रतिवेदन समेत अनुमोदन गर्ने कार्यक्रम छ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS