images
images

प्रहरीको गोली लागेर बालकुमारीमा एक प्रदर्शनकारीको मृत्यु

काठमाडौं। ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर एक आन्दोलनकारीको मृत्यु भएको छ। शुक्रबार प्रहरीको गोली लागेर घाइते भएका आन्दोलनकारी एक पुरुषको उपचारको क्रममा किष्ट अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

किष्ट अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले घाइते भएर ल्याइएका एक पुरुषकाे उपचारका क्रममा मृत्यु भएको पुष्टि गरे । मृत्यु हुनेमा दैलेख घर भइ भक्तपुर बस्ने २३ वर्षीय सुजन राउत रहेका छन् ।

एक अर्का घाइतेकाे अवस्था गम्भीर रहेकाे जनाएकाे छ । यस अघि आजै प्रदर्शनकारीले भौतिक तथा पूर्वाधारमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजानी गरेका थिए ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS