images
images
images

कान्तिपुर पव्लिकेसन विरुद्ध रवी लामिछानेले दर्ता गराए गाली बेइज्जती मुद्धा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले आफु विरुद्ध भ्रामक समाचार प्रकाशन तथा प्रसारण गरेको भन्दै कान्तिपुर पव्लिकेसन विरुद्ध गाली बेइज्जी मुद्धा दायर गरेका छन।

मंगलबार सभापति लामिछानेले कान्तिपुर पब्लिकेसन, उक्त पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहिया, प्रबन्ध निर्देशक सम्भव सिरोहिया, कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहान, ई-कान्तिपुर डट्कम र कान्तिपुर दैनिक पत्रिकालाई प्रतिवादी बनाइएर जिल्ला अदालत काठमाडाैमा मुद्धा दायर गरेका हुन् ।

मुद्धा दायरपछि लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन, एउटा योद्धा लडाइँबाट पिठ्युँ फर्काएर भाग्दैन। हार जीतको पर्बाह नगरी उ इमानका साथ लडिरहन्छ। म आरोप लाग्नै नहुने मान्छे होइन। तर म समाचारमा आएका कुनै सहकारीको संचालक, शेयर होल्डर, बचतकर्ता, सदस्य, लगानीकर्ता, खातावाल केही पनि होइन। मैले ती सहकारीहरूमा कुनै रकम राख्ने, झिक्ने, मिलाउने काम गरेको छैन। मेरो नाम राखिए/देखिए लगायतका अन्य विषयमा समेत कानुनी परामर्शमा छु।

उनले आफू लोकतन्त्रको बलियो आधारमध्य एक, प्रेस स्वतन्त्रताको पक्षमा जीवनभर लडिरहने उल्लेख गर्दै सहकारी पीडितहरूको पीडामा सदनमा भएका मध्य सबैभन्दा दरिलो उभिन सकिन भने यो अनुहार लिएर भोट माग्न आउँदिन भन्दै बचनप्रतिवद्धता गरेका छन ।

सभापति लामिछानेले आफूलाएै नियोजित रूपमा बदनाम गर्ने गरी आएका समाचारको खण्डन गरेको उल्लेख गर्दै भ्रामक समाचार सामग्री सम्प्रेषण गर्नेहरूका विरुद्ध कानुनी उपचारमा गएको जानकारी गराएका छन।

हेर्नुहाेस् तारिख पर्चा

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS