images
images
images

सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा ढकाल र रजिष्ट्रारमा पौडेल नियुक्त

काठमाडौं । सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा देवेन्द्र ढकाल सिफारिस भएका छन्। न्याय परिषद्‌को सचिव रहेका ढकाललाई न्याय सेवा आयोगले मुख्य रजिष्ट्रारमा नियुक्तिका लागि सिफारिस गरेको हो।

त्यस्तै, सर्वोच्च अदालतकै रजिष्ट्रारमा विमल पौडेल सिफारिस भएका छन्। उनी सर्वोच्च अदालतको प्रशासन महाशाखाका प्रमुखका रुपमा कार्यरत रहेका थिए ।
यसअघिका मुख्य रजिष्ट्रार र रजिष्ट्रार उच्च अदालतको न्यायाधीशमा सिफारिस भएपछि सर्वोच्च अदालतमा उक्त दुई् पद रिक्त थिए।

मुख्य रजिष्ट्रार रहेका लालबहादुर कुँवर र रजिष्ट्रार निर्मला पौडेललाई उच्च अदालतको न्यायाधीश नियुक्ति गरेको थियो।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS