images
images
images

नागरिक उन्मुक्ति पार्टीकाे प्रथम अधिवेशन टीकापुरमा हुँदै

काठमाडौं। नागरिक उन्मुक्ति पार्टीको प्रथम राष्ट्रिय अधिवेशन कैलालीको टीकापुरमा हुने भएको छ । पार्टीको यहि पुस २६, २७ र २८ गते टीकापुरमा प्रथम अधिवेशन हुन लागेको हो ।

प्रथम अधिवेशनको उद्घाटनका लागि माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहल (प्रचण्ड) कैलाली आउने भएका छन्। उनीसँगै पार्टीका शीर्ष नेतहरू कैलालीको टीकापुर आउने पार्टीका संरक्षक रेशमलाल चौधरीले बताए।

त्यसैगरी भारतीय जनता पार्टीका प्रतिनिधिहरू पनि टीकापुर आउने छन्। चौधरीले भने, ‘प्रमुख अतिथि प्रधानमन्त्री हुनुहुन्छ। माधव नेपाल, बाबुराम भटराई, सिके राउत र उपेन्द्र यादवले आउने बताउनु भएको छ। केपी ओलीलाई निम्तो दिएका छौ। फेरि भेट गर्छु। शेरबहादुर देउवाले सन्देश पठाउने कुरा भएको छ। सुदूरपश्चिमका मुख्यमन्त्री ज्यू आउनु हुन्छ।’

बुधबार बिहान धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टीका संरक्षक रेशमलाल चौधरीले पार्टीको प्रथम अधिवेशनमा आठ हजार प्रतिनिधि टीकापुर आउने जानकारी दिए। चौधरीका अनुसार नागरिक उन्मुक्ति पार्टीले २४६ निर्वाचनबाट र २५५ जनालाई मनोनीत गर्ने छ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS