images
images
images

राप्रपा अध्यक्ष सहित शीर्ष नेताले भेटे पूर्व राजा ज्ञानेन्द्र शाहलाई

काठमाडौं। संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्रको माग गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिंङ्देन सहितका राप्रपाका शीर्ष नेताहरुले पूर्व राजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका छन।

राप्रपा अध्यक्ष लिंङदेन सहित राप्रपा उपाध्यक्ष धवल शमशेर राणा,नेता धुब्र बहादुर प्रधान,दीपक बहादुर सिंह,रवीन्द्र मिश्र सहितका नेताहरुले पूर्व राजा शाहसँग भेटवार्ता गरेका हुन।

भेटपछि अध्यक्ष लिंङ्देनले सामाजिक सञ्जालमा पूर्व राजा शाहसँगको सामूहिक तस्वीर पोष्ट गरेका छन् । तर भेटमा के कुरा भयो भन्ने बारेमा भने उनले खुलाएका छैनन्।

“हामी सबैले धेरै देख्यौ/बुझ्यौँ। म ऐतिहासिक संस्थाको प्रतिनिधित्व गर्छु।मेरो काम सबैलाई एकताको सूत्रमा बाँध्ने हो। सबै नेपाली मेरो लागि बराबर छन्।” पूर्व राजा शाहको भनाईलाई उदृत गर्दै नेता मिश्रले सामाजिक सञ्जाल मार्फत उल्लेख गरेका छन। राप्रपाले हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्रको पक्षमा वकालत गर्दै आएको छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS