images

गठबन्धनको बैठक लगत्तै एमाले अध्यक्ष ओली बालुवाटार पुगे

काठमाडौं । सत्तारुढ गठबन्धन दलको बैठक लगत्तै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । रष्ट्रियसभा सदस्य निर्वाचन भागबण्डाबारे छलफल गर्न प्रमुख प्रतिपक्ष एमाले ओली बालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र, नेपाली कांग्रेस, जसपा र नेकपा एकीकृत समाजवादीको बैठकलगत्तै एमाले अध्यक्षसहितका नेताहरु बालुवाटार पुगेपछि संयुक्त बैठक बस्ने बताइएको छ ।

बुधबार बिहान माओवादी र कांग्रेसका शीर्ष नेताहरुबीच छलफल भएको थियो । राष्ट्रिय सभा निर्वाचनमा एमालेलाई समेत भागबन्डा गर्ने सत्तागठबन्धनबीच छलफल भएको थियो ।