images
images
images

हत्कडी सहित भागेका युवा आफ्नै डेराबाट पक्राउ

काठमाडौँ । काठमाडौँ जिल्ला अदालत परिसरबाट हतकडीसहित भागेका थुनुवा भक्तपुर स्थित जडिबुटीबाट पक्राउ परेका छन् ।

बुधबार ठगी मुद्दामा थुनछेकका लागि जिल्ला अदालत काठमडौंमा उपस्थित गराइएका सिन्धुपाल्चोकका कमल खड्का हत्कडी सहित भागेका थिए।

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले खड्कालाई भक्तपुरमा उनकै डेरबाट पक्राउ गरिएको परिसरका प्रवक्ता एसपी कुमोद ढुंगेलले दिए । उनी डेरामा लुकेको खबर पाएपछि प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले खड्काले लिएर गएको हतकडीसमेत बरामद गरेको छ । खड्कालाई प्रहरी वृत्त महाराजगन्जको टोलीले अदालतमा उपस्थित गराएको थियो ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS