images

एमालेलाई कांग्रेस नेता कोइराको प्रश्न,सरकारमा आए भैगो,किन बाहिर बसेर पदमा बार्गेनिङ गर्नु ?

काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर पक्षका नेता डा शेखर कोइरालाले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई सरकारमा आउन आग्रह गरेका छन् । सरकार बाहिर बसेर प्रमुख प्रतिपक्ष हुनु भन्दा सत्तामा आएर पदमा बार्गिन गर्न सुझाएका छन् ।

राष्ट्रिय सभा निर्वाचमा एमालेले भाग खोजेको भन्दै सरकारमै आएर पदमा पदको बार्गेनिङ गर्न आग्रह गरेका हुन् । नेता कोइरालाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन, हिजो कोशीमा एमालेको सहयोगमा सरकार बनाउँदा केन्द्रको गठवन्धन नै धरापमा पर्यो भनेर रोइलो गर्नेहरु नै आज राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग मिल्न थालेछन् । हुन त यो श्रृंखला एमालेलाई संसदीय समितिमा तीन सभापति दिने दिनबाटै सुरु भएको हो ।

कारण स्पष्ट छः सत्ता गठवन्धनका कुनै दललाई टिआरसी विधेयकमा र कुनै दललाई विभिन्न काण्डबाट बच्न एमालेको साथ चाहिएको छ । अनि एमाले, एक-दुई सिटका लागि जे पनि होस् ? यदी यसो हैन भने केन्द्र र सबै प्रदेशमा एमाले पनि सरकारमा आए भैगो । किन बाहिर बसेर केही पदका लागि बार्गेनिङ गर्नु ? भन्दै प्रश्न गरेका छन् ।

संसदीय समितिका तीन सभापति र राष्ट्रिय सभाका दुई तीन सिट पाएपछि प्रमुख प्रतिपक्षले राष्ट्रिय मुद्धामा आँखा चिम्लनु झनै दुर्भाग्यपूर्ण भएको उल्लेख गरेका छन् ।

टिआरसीका सम्बन्धमा सर्वोच्च अदालतको गम्भीर प्रकृतिका मुद्धामा क्षमा दिन नहुने निर्देशनात्मक आदेश र मानव आधिकारका राष्ट्रिय तथा अन्तराष्ट्रिय कानूनको अधिनमा रहेर द्वन्दबाट पिडितहरुले पर्याप्त क्षतिपूर्ति पाउने गरी मात्र विधेयक आउन पर्ने कुरामा स्पष्ट हुनु जरुरी छ उनले लेखेका छन् ।