images
images
images

नेपाल एयरलाइन्सका पाइलटविरुद्ध झुटा प्रमाणपत्र बुझाएर जागिर खाएको भन्दै मुद्दा दर्ता

काठमाडौं– नेपाल एयरलाइन्सका पाइलट सम्राटबहादुर शाह विरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा जागिर खाएको भन्दै उजुरी दर्ता भएको छ । पाइलट शाह विरुद्ध शैक्षिक योग्यताको प्रमाणपत्र झुटा भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

वि.स. २०७१ सालमा जुनियर क्याप्टेनमा नियुक्त भई आठौँ तहको विमान चालक क्याप्टेनमा बढुवा भएका शाहको शैक्षिक प्रमाणपत्र नक्कली भएको भन्दै उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।

शाहले भारतको उत्तर प्रदेशको भीएसजे इन्टरकलेज सरहरी गोरखपुरबाट प्रथम श्रेणीमा आईए पास गरेको भनेर बुझाएका कागजात नक्कली भएको पाइएको अख्तियारले जनाएको छ । उनले झुट्टा शैक्षिक प्रमाणपत्र पेस गरेर विमान चालकको हैसियतमा लाभ लिएर भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS