images

पर्यटनमन्त्री किराँती विरुद्ध जिल्ला प्रहरी परिसर टेकुमा जाहेरी

काठमाडौं- धार्मिक भावनामा आँच पु¥याएको आरोपमा संस्कृति, पर्यटनमन्त्री तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीविरुद्ध जिल्ला प्रहरी परिसर टेकुमा जाहेरी परेको छ ।

काठमाडौंका ध्रुवराज लुइँटेलले किराँतीविरुद्ध हुलाकमार्फत् जाहेरी पठाएका हुन् । पुसको पहिलो साता मन्त्री किराँतीले एक कार्यक्रममा क्रिश्चियन धर्मको प्रचारकजस्तो बनी अन्य वैदिक सनातन धर्मप्रति हेय तथा भेदभाव पु¥याएको जाहेरीमा दाबी गरिएको छ ।

लुइँटेलले उनलाई पक्राउ गरी मुलुक अपराध संहिताअनुसार ३ वर्ष कैद र २० हजार रूपैयाँ जरिवाना गराउन माग गरेका छन् ।