images

एमाले अध्यक्ष ओली र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवी लामिछानेबीच भेटवार्ता भएको छ । संसदको दोस्रो ठूलो दल एमाले र चौथो दलको रुपमा रहेको रास्वपा अहिले प्रतिपक्षमा रहेका छन् ।

ओलीलाई भेट्न रास्वपा सभापति लामिछाने बालकोट पुगेका थिए ।पदयात्रा लगायतका कार्यक्रममा व्यस्त भएका कारण लामो समयदेखि भेट नभएकाले भेट्न गएको सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् ।

उनीहरुको भेटवार्ता समसामयिक भएको जनाएको छ । यस अघि सरकार गठन हुँदा एमालेको आग्रहमा रास्वपा सरकारमा सहभागी भएको थियो । भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणपछि यी दुई दलहरुबीचको भेटवार्तालाई अर्थपूर्ण ढंगले हेरिएको छ ।