images

एमाले सचिवालयको बैठक सुरु

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा एमाले सचिवालयको बैठक सुरु भएको छ । बैठक नेकपा एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको एमाले प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले जानकारी दिए ।

बैठक आगामी माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचन लगायतका विषयवस्तुसँग केन्द्रीत रहेको एमालेले जनाएको छ । एमालेले सत्तारुढ गठबन्धनसँग ६ सिटको मागदाबी गरिरहेको छ ।

एमालेको मागदाबी प्रति नेकपा एकिकृत समाजवादी सहितका दलका नेताहरुले आक्रोश व्यक्त गरेका छन्। सत्ता बाहिर बसेर प्रतिपक्षको सुविधा पनि लिने र सत्ता गठबन्धनमा भाग खोजेको भन्दै एमालेलाई सत्ता साझेदार दल बन्न आग्रह गरिरहेका छन् ।