images
images
images

राष्ट्रिय सभामा १९ वटै सिटमा उम्मेद्वारी दिने एमालेको निर्णय


काठमाडौं– नेकपा एमालेले राष्ट्रिय सभा निर्वाचनमा १९ वटै सिटमा उम्मेदवारी दिने भएको छ । शुक्रबार बसेको एमाले सचिवालयको बैठकले आगामी माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा १९ वटै सिटमा उम्मेद्वारी दिने निर्णय गरेको हो।

पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले गरेको निर्णय सार्वजनिक गर्दै महासचिव शंकर पोखरेलले उक्त जानकारी दिएका हुन् ।

बैठककाे निर्णयकाे जानकारी दिदै महासचिव पाेखरेले भने,‘प्रत्येक क्लस्टरमा तीन जनाको नाम मागेको थियो । सिफारिस भएका नामको बारेमा प्रारम्भिक छलफल भयो’ उनले भने, ‘क्लस्टरमा पर्ने वा नपर्ने भन्ने विषयमा छलफल गरेर २३ गते १९ वटै उम्मेदवारको नाम सार्वजनिक गर्ने तयारी गरेका छौं। ’

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS