images

राष्ट्रिय सभा निर्वाचनमा आन्तरिक भागबन्डा टुंग्याउन शेखर-गगनसँग छलफल गर्दै देउवा

काठमाडौं– सत्तारुढ दल गठनबन्धनमा १० सिट पाउने सहमती पश्चात नेपाली कांग्रेसले आन्तरिक भागबन्डा टुंग्याउनका छलफल बोलाएको छ । कांग्रेस सभापति शेर बहादुर देउवाले शेखर- गगन समूहको चित्त बुझाउनका लागि उनीहरुसँग छलफल अघि बढाएका हुन् ।

सभापति देउवाले पार्टीभित्र आन्तरिक छलफलका लागि नेता शेखर कोइराला र महामन्त्री गगन थापालाई धुम्बाराही बोलाएका हुन् । अहिले नेता कोइराला र महामन्त्री थापाले देउवासँग छलफल गरिरहेको स्राेतले जनाएकाे छ । कांग्रेसमा सत्तापक्ष इतर पक्षले ४ सिटमा दाबी गरेको छ । बागमती, लुम्बिनी र गण्डकी र सुदूरपश्चिममा इतर पक्षले एक एक सिटमा दाबी गरेको छ । संस्थापन पक्षले भने इत्तर पक्षलाई बढीमा दुई सिट दिने बुझिएको छ ।

कांग्रेसले राष्ट्रियसभा सदस्यको उम्मेदवारी टुंगो लगाउन आज दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा कार्यसम्पादन समितिको बैठक बोलाएको छ । कार्यसम्पादन समिति बैठकअघि देउवा, कोइराला र महामन्त्री थापाबिच आन्तरिक छलफल थालेकाे हाे ।